काठमाडौँ – नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (लैनचौर) का अनुसार ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर गएराति ११ बजेर ४१ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ ।
यसअघि मुगुको भिइ केन्द्रबिन्दु भएर यही चैत १० गते ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया