Breaking

बिना निष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक


काठमाडौँ — सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । मन्त्रालयको भागबन्डा गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।