Breaking

एकीकृत समाजवादी सचिवालय बैठक बस्दै


काठमाडौँ – नेकपा एकीकृत समाजवादी०को सचिवालय बैठक अहिले बसिरहेको छ।

अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा भेटवार्ता गरेर फर्केपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको हो। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ।

सरकारमा सहभागी हुने विषयमा एकीकृत समाजवादीले केन्द्रमा कम्तीमा ३ वटा मन्त्रालयसहित प्रदेशको कुरा पनि प्याकेजमै टुंग्याउनु पर्ने बताएको छ।

सत्ता गठबन्धनका दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ।