Breaking

प्रधानमन्त्री र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता जारी


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले अध्यक्ष माधवकुमार नेपालसहित नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू भेटवार्ता गरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका हुन्।

केहीबेरअघि देखि जारी भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको हो।

आजै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक पनि बस्दै छ। त्यसअघि प्रधानमन्त्री र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो।