Breaking

मिटरब्याज पीडितलाई भेटेर रविले भने : समाधानको पहल गर्छु


काठमाडौँ – न्याय माग्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूले टंगालमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरूलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरूले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरु सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरूलाई भेट्न टंगाल पुगेका छन् । उनले आफू पीडितहरुको साथमा रहेको बताए ।

सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्ने लामिछानेले बताए ।