काठमाडौँ — विभिन्न जिल्लाबाट पैदल हिँडेर आएका मिटरब्याज पीडितहरुले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन्।लामो समयदेखि आन्दोलनरत मिटरव्याजी पिडितहरु सरकारले आफ्नो मागसम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन । सोमवार खुलामञ्च क्षेत्र दिनभरजसो तनावग्रस्त रह्यो । विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आएका पीडितहरुले मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरे । आन्दोलनरत मिटरव्याजी पीडित र काठमाडौ महानगरपालिकाका नगर प्रहरीबीचको झडपले यो क्षेत्र अस्तव्यस्त बन्यो । नारावाजी सहित सहित खुल्लामञ्चमा प्रवेश गर्न खोज्दा नगर प्रहरी र पीडितबीच झडप समेत भएको थियो ।प्रदर्शनकारीहरुले नगरप्रमुख बालेन शाह विरुद्ध नारावाजी गरे ।
पटक–पटक न्याय खोज्दै काठमाडौको माइतीघर मण्डलमा धर्ना दिँदै आएका उनीहरु महानगरले खुलामञ्च प्रवेश गर्न नदिएपछि वीर अस्पताल अगाडिको सडकमै बसेका छन ।घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको उनीहरुको गुनासो छ । खुलामञ्चमा बास बस्न भित्र पस्न खोज्ने पीडितहरूलाई महानर प्रहरीले अवरोध गरेपछि उनीहरुले महानगरका मेयर बालेन साहको विरोध गरेका छन् ।तराईबाट आएका मिटरब्याजी पीडितहरूले खुलामञ्च पस्न नदिए आगो बाल्ने चेतावनी दिएका छन् ।सरकारले पीडितसँग प्रतिवद्धता जनाए पनि सुनुवाई नगर्दाको उपज भएको नेताहरुको तर्क छ ।
पटक–पटक आन्दोलन गर्दै आएका मिटरव्याजी पीडितहरु थप संघर्ष चर्काउने तयारीमा छन । तर यता सरकार भने कानुनी छिद्रो देखाउँदै पीडितको दुख अन्देखा झै गर्नमै व्यस्त छन । निरन्तरको आन्दोलन र संघर्ष पानीमा बालुवा सरह बनिरहेको छ । मिटरव्याजीका पिडामा सरकारको ध्यानाकर्षण हुन सकेको छैन ।
प्रतिक्रिया