Breaking

गठबन्धनसँग भिड्न कार्यकर्ता तयार पार्दै ओली, राधिका र कार्यकर्तासँग ठट्टा,बन्ला त पहिलो दल ?


काठमााडौँ — अप्रत्याशित रुपमा प्राप्त सत्ता गुमेसंगै प्रतिपक्षीमा खुम्चेको एमाले अहिले मिसन ग्रासरुट सहित गाउँगाउँसम्म पुगिरहेको छ । जहाँ अध्यक्ष ओली रसिक पाराले कार्यकर्तामाझ प्रस्तुत भइरहँदा कतिपयले अब सत्ता फिर्ती तत्काल सम्भव नभएको संकेतका रुपमा बुझिरहेका छन । आखिर एक्लै भिडेर पनि संसदमा दोश्रो ठुलो शक्ति बनेको एमालेलाई एकाएक संगठन सुदृढिकरणको महसुस किन भयो त ? च्वाट्ट मिठो उखान,प्रखर वक्तृत्वकला अनि तिखो प्रहारको पर्यायकै रुपमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसंग खिचेको फोटो सामाजिक सन्जालमा भाइरल छ ।

डाँडामा बसेका वेला कार्यकर्ताले बनाईदिएको प्रेमिल भिडियोले समेत सन्जालमा चर्चा नै वटुलेको छ भने बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुनै सक्दैन भन्ने उनको अभिव्यक्तिले पनि ।कार्यकर्तालाई नैतिक आचार सिकाउदै एमालेनको नेता कार्यकर्ता वचन र व्यवहारबाटै चिनिनुपर्ने बताउने क्रममा दिएको उनको यो अभिव्यक्ति र चर्चामा रहेको फोटो दुवै प्रसङ ओली एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुग्दाको हो । संसदमा द्धन्द्धकालिन मुद्धा जस्तो महत्वपूर्ण विधेयक संसदमा छलफलमा रहँदा कार्यकर्ता र परिवारसंग मस्त सुनिएका देखिएका उनले पछिल्ला दिनहरु यसरी नै वितिरहेका छन ।

एमालेले संगठन सुदृढिकरणका लागि भन्दै सुरु गरेको मिसन ग्रासरुटका कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुगिरहेका उनी कार्यकर्तालाई उत्प्रेरणा जगाईरहेका छन । पार्टीभित्र अन्तरविरोध किन भन्ने प्रश्न गर्ने उनी एकै ठाँउमा उभिन कार्यकर्तालाई आग्रह गरिरहेका छन । भालेभाले भेट्दामात्र किन जुध्नुपर्ने प्रश्न गर्दै आफ्नै घरको कथासंग जोडेर हासो मजाक गर्ने उनी कार्यकर्तासंग जोडिने र देशको भुगोलमा आएको परिवर्तनको मुटु छाम्न अघि बढेका छन । कहिले एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै आट भर्ने उनी कहिले सत्ता गठबन्धनलाई स्वाट्ट उनकै भाषामा फ्लाई किक हान्दै आफ्नै संसारमा रमाईरहेका छन ।

उनको यो मस्तीपनालाई कतिपयले भने अव पाँचबर्षे प्रतिपक्षी यात्राका एमाले ढुक्क भएको रुपमा समेत बुझेका छन । साधारणतया प्रतिपक्षीमै पुगेपनि बरु सत्ता हत्याउने खेलमा लाग्ने तर चुनाव अघि गाउ नजाने तथा संगठनमा सुदृढिकरणमा वास्ता नगर्नेदलहरुको परम्परागत प्रवृत्ति रहि आएको छ । यहि दृष्टिबाट हेर्ने हो भने आगामी चुनाव आउन पाँचबर्षे वाँकि रहदाँ एमालेको यो जाकरुता किन भन्ने प्रश्न उठेको हो । एमाले सचेतक महेश बर्तौला भने यो पार्टीको नियमित कार्यक्रम भएको बताउँछन । वामशक्तीएकताका नाममा तथा त्यसपछि उत्पन्न परिस्थितीको व्यवस्थापनमा पार्टी अलमलिएको बताउने उनी अव जनतासंग जोडिने दिन आएको बताउछन ।

पार्टीभित्र देखिएको अन्तरविरोध अन्त्यका लागि तथा कम्युनिष्ट पार्टीमा देखिएको विचलनले निस्क्रिय भएका कार्यकर्तामा जोश भर्नका लागि समेत यो कार्यक्रम आवश्यक रहेको उनको तर्क छ । दुई महीने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तरक्रिया गर्ने कार्यक्रम सहित एमाले अघि बढेको छ ।

यससँगै पार्टीभित्रको अन्तर्विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने र हल गरिने लक्ष्य राखिएको अभियानमाएकजना केन्द्रीय कमिटी सदस्यले दुईवटा पालिका हेर्नुपर्ने जिम्मेवारी तोकिएको छ। जसले नेता र कार्यकर्ताविचको सम्बन्ध अझ तरोताजा देखिने अवस्थामा ओलीले मस्तपना केवल देखाउनकै लागि हो कि जनताको मनमा भिज्न त्यो भने आगामी दिनमा प्रष्ट हुँदै जाने छ ।