Breaking

मन्त्रिमण्डल टुंग्याउने प्रचण्डको तयारी, कसलाई कुन मन्त्रालय ?


काठमाडौँ – नेपाली कांग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिँदैछन् ।

सोमबार दिउँसोसम्म मन्त्रिमण्डल टुंगो लगाउने तयारी छ । तर, अझै एक चरण गठबन्धन दलबीच छ्लफल गर्नुपर्ने भएकोले मंगलबार मात्रै मन्त्रीमण्डल बिस्तार हुन सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डलाई मन्त्री बन्ने नाम दलहरूले उपलब्ध गराएका छन् । नेपाली कांग्रेसले ७ मन्त्रालय र एक राज्य पाउने अहिलेसम्म समझदारी छ ।

कांग्रेसबाट सरकारको नेतृत्व पूर्णबहादुर खड्काले गर्नेछन् । कुनै कारण फेरबदल नभएमा उनी उपप्रधानमन्त्री र रक्षामन्त्री बन्नेछन् । यस्तै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित छ ।

कांग्रेसले परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालय लिने निश्चित भएको छ । कांग्रेसबाट प्रचण्ड क्याबिनेटमा तीनजना नयाँ अनुहारका नेताहरूको प्रवेश गराउने तयारी छ । नेकपा एकीकृत समाजवादीले एक राज्यसहित ३ मन्त्रालय पाउने छ । भौतिक पूर्वाधार समाजवादीले पाउन सक्छ । तर प्रधानमन्त्रीले भौतिक आफैँ राख्न खोजेका छन् ।

नागरिक उन्मुक्ति पार्टी पनि प्रचण्ड सरकारमा सहभागी हुनसक्ने सम्भावना छ । अध्यक्ष रञ्जिता श्रेष्ठले सकारात्मक छौँ भन्ने जवाफ दिएकी छन् । यद्यपि नागरिक उन्मुक्ति सरकारमा सहभागी हुने निश्चित छैन ।

जनमत पार्टीले मन्त्रालय हेरफेर गर्न चाहेको छ । उनीहरुको जोड कृषि र उद्योगमा छ । जसपाले सरकारमा सहभागी हुनेको नाम सोमबार प्रधानमन्त्रीलाई दिने तयारीमा छ ।
त्यसैगरी एमाले छोडेर स्वतन्त्र चुनाव जितेका प्रभु साह मन्त्री बन्नेछन् । उनलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन् ।

यसबाहेक रास्वपालाई समेत सरकारला प्रचण्डको प्रयास छ । उता माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने छ । हाल भौतिकमा रहेका उनलाई गृह लग्ने तयारी छ ।