Breaking

राष्ट्रपतिका लागि छुट्टै सल्लाहकार समूह आवश्यक छैन :रघुजी पन्त


काठमाडौँ – नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रपतिका लागि छुट्टै सल्लाहकार समूह आवश्यक नरहेको बताउनु भएको छ । प्रधानमन्त्री र मन्त्रीपरिषद आफैं सल्लाहकार भएकाले राष्ट्रपतिले छुट्टै सल्लाहकार समूह बनाउन आवश्यक नरहेको उहाँको तर्क थियो । आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्रको रुपमा बनाउन सल्लाहकार बनाउने कानुनी व्यवस्था गर्नु संसदीय व्यवस्थाका लागि उचित नभएको भन्दै सो कानुन तत्काल संशोधन गर्नुपर्ने प्रस्ताव समेत राख्नु भयो ।