Breaking

लुम्बिनीका ४ मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री गिरि संकटमा


काठमाडौँ – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका तीन र जनमत पार्टीका एक मन्त्रीले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन । लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री हुनुहुन्थ्यो भने जनमत पार्टीका सीके गुप्ता मन्त्री हुनुहुन्थ्यो । माओवादी र जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्रै विश्वासको मत लिनुपर्नेछ ।