Breaking

अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको हो : उपाध्यक्ष पौडेल


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।

आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको जिकिर गरेका हुन् । यस क्रममा उनले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप पनि लगाए ।

अहिले प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न पनि चर्को समस्या परिरहेको टिप्पणी उनले गरे । उनले भने, ‘यो सरकारको ध्यान जनताको समस्यातिर छैन ।’

एमालेले थालेको मिसन ग्रासरुट अभियानका क्रममा उपाध्यक्ष पौडेल आज सुदूरपश्चिमका डोटी, अछाम जाने कार्यक्रम छ ।