Breaking

देउवासँग एमालेको आश, काँग्रेसलाई शंका गर्दै प्रचण्ड, सरकार विस्तारमा अझै अलमल, निउँ खोज्दै कांग्रेस


काठमाडौँ — दोस्रोपटक विश्वासको मत जित्दा नै प्रधानमन्त्री प्रचण्डले आफुसँग सहकार्यमा रहेका दलहरुप्रति आशंका गरेका थिए ।किनकि बैशाखसम्मै सरकार टिकाउन विपक्षीहरुले चुनौती दिएका छन् भने गठबन्धनभित्र भरोशायोग्य सहकार्य बनेको छैन । नेपाली काँग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ‘निउको विउ’ खोज्दैछ । रत प्रधानमन्त्री प्रचण्ड आशंकित छन् । तरंगित छन् । र काँग्रेसप्रति सशंकित बनेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई शंका छ, के बैशाख पछि साँच्चिकै सरकार गुम्छ त ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको डेडलाइन अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको आयु मात्र बैशाखसम्म हो ।तर प्रचण्ड ११ दलको समर्थनसहित शक्तिशाली प्रधानमन्त्रीको कुर्सिमा आसिन छ । तथापी यही अपार समर्थन प्रधानमन्त्रीका लागि तर्साउने तरबार बनेको छ ।चैत ६ मा प्रधानमन्त्रीले आशंकासहित व्यक्त गरेको अभिव्यक्ति यसकै एक रुप हो ।

विश्वासको मत जितेपनि प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनवादी दलकै भरोशा जित्नेमा शंका छ । त्यसमा झन एमाले अध्यक्ष ओलीले सरकारको आयु नै तोकिदिएर ‘आगोमा घिउ’ थप्ने काम गरेका छन् । त्यसमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत मल हालेका छन् । ओलीकै बोलीको सहायक बन्ने गरि संसदबाट लिङ्देनले फेरि बैशाखमा विश्वासको मत लिने अवस्था नआउस् भन्दै प्रचण्डमाथि कटाक्ष गरेका थिए ।अहिले प्रचण्डको विपक्षमा मात्र प्रमुख दुई शक्ति छन् । एमाले र राप्रपा एक ठाउँमा उभिँदा ११ दलको समर्थन पाएर पनि प्रचण्ड प्रताडित बन्नुपर्ने अवस्था आएको छ । किनकि काँग्रेस पालो पर्खिएर सरकारमा जाने विषयमै एमालेलाई विश्वास छैन ।

११ दलको कलह मिलाएर सरकार सञ्चालन गर्नु खतराको खेलभन्दा कम छैन । कुनै एउटा दलले समर्थन झिक्न वित्तिकै सरकारले पुनः विश्वासको मत लिने अवस्था आउनेछ । जुनबेला काँग्रेसले नै विश्वास मत नदिए के होला भन्ने चिन्ता प्रचण्डमा अहिलेदेखि परेको छ । किनकि उनी विकल्पमा खुम्चिएका छन् । अब काँग्रेसको समर्थनभन्दा अर्काे विकल्प प्रचण्डसँग छैन । तर काँग्रेसले चाहेको चुट्कीकै भरमा सरकार बन्ने अवस्था छ । झन पछिल्लोसमय प्रचण्डका निर्णय र सरकारका कामकारबाहीलाई लिएर चरम असन्तुष्टि बढ्न थालेपछि काँग्रेसका लागि सहज बन्दै गएको छ । र यसको वकालत काँग्रेसहरु सार्वजनिक मञ्चबाटै गर्न थालेका छन् ।

प्रचण्डको शंकाले मूर्तरुप पाउने कारक तत्व गठबन्धनभित्रका दल भागबण्डा पनि एक हो । उपराष्ट्रपतिमा फाटेका दलहरुलाई चित्त बुझाएर भागबण्डा मिलाउन सहज छैन । बैशाख १० को उपनिर्वाचनमा जसपा र जनमतलाई मिलाएरै जानै चुनौती देखिएको छ । काँग्रेस माओवादीले पनि आवश्यक चासो देखाएका थिएनन् । किनकि गठबन्धन मिलाएर जानसक्ने पात्र प्रचण्ड होइनन् भन्ने प्रमाणित गर्न काँग्रेस निउ खोजिरहेको छ ।अब २१ मन्त्रालयको भागबण्डा ११ दलमा कसरी हुन्छ ? त्यसले पनि थप निर्धारण गर्नेछ ।