Breaking

प्रचण्डसँग भिड्दै ज्ञानेन्द्र शाही, पूर्वराजा मैदानमै उतार्ने तयारीमा लिङ्देन–मिश्र, सकसमा गणतन्त्र


काठमााडौँ — राप्रपागणतन्त्रवादीप्रति सदनमा आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । गणतन्त्रवादीहरु एक आपसमा भिडिरहेको र यो व्यवस्थाले जन अपेक्षा अनुसार नागरिकको आशा पुरा गर्न नसकेको ठहर गर्दै राजतन्त्रवादी राजालाई सक्रियबनाउनतर्फ लागिपरेका छन् । पुस १० गते बनेको सरकारमा गणतन्त्रवादीसँग राष्ट्रियप्रजातन्त्र पार्टीले पनि सहकार्य गरेको थियो । सरकारमा हुँदैताका राप्रपाले सदनबाटै गणतन्त्रको विरोध गरेपछि राजतन्त्रवादी र सरकारको नेतृत्वगरिरहेको गणतन्त्रवादी नेकपा माओवादी केन्द्रको शीतयुद्ध सुरु भयो ।

आफ्नै सरकारमा सामेल मन्त्रीबाट शासन व्यवस्थाकै विरोध भएपछि रुष्ट बनेका प्रचण्डले राष्ट्रियसभामा त्यसको जवाफ मात्रै दिएनन् कि समीकरण नै बदलेर राप्रपालाई पाखा लगाईदिए । तर, त्यसरी पाखा लागिसकेको राप्रपा अहिले झन् गणतन्त्रवादीमाथि आक्रमक रुपमा प्रस्तुत भइरहेको छ । उनीहरु गणतन्त्रवादीमाथि आगो ओकलिरहेका छन् । जनयुद्धलाई जुनयुद्धकै रुपमा स्वीकार गर्न नचाहेको राप्रपा अहिले सडकमात्रै होइन, सदनमा नै भिडिरहेको छ ।

गणतन्त्रका मसियाहुँ भन्नेकै गतिविधिले पनि जनतामा अहिले निराशा छाएको छ । राजाकै पालामाझै टेलिफोन ट्यापगर्ने देखि वाक् स्वतन्त्रताको विरुद्धमा लाग्दा उनीहरुले नै कतै लोकतन्त्र छिनिरहेको हो कि भन्ने नागरिकलाई महसुस भइरहेको छ । टेलिफोन ट्याप गर्नु पर्ने विधेयक सदनमा टेबल गर्नुपर्ने र विरोध गर्नेको मुख नै थुनेर थुनामा राख्ने जस्ता गतिविधिले सरकार कतै निरंकुशपो बन्दै गएको हो कि भन्ने भानजनतामा पर्न थालेको छ । गणतन्त्रका हिमायतीहरु नै अहिले एक अर्काबीच दोषारोपणगर्दै विभाजितछन् । माओवादी एमालेलाई व्यवस्था विरोधी करार गरिरहेको छ भने राप्रपालाई गुफाबाटआएर फेरि प्रतिगमनकारीहरु सक्रियभएको टिप्पणीगरिरहेको छ ।

प्रचण्डले ओलीलाई व्यवस्था विरोधी भाष्य निर्माण गरिरहँदा एमाले आफूहरु व्यवस्था विरोधी नरहेको र जवर जस्ती त्यस्तो बनाउन खोजको तर्क गर्छ । सरकारको कार्यकर्ता पोस्न अनि ५ वर्षसम्म सरकार टिकाउनमा मात्र ध्यानजाँदा व्यवस्थामाथि नै संकट पैदा भएको छ । कम्युनिष्टहरु एक अर्कासँगै भिडिरहेको प्रत्यक्षफाइदा राप्रपाले उठाइरहेको छ । १ सीटबाट १४ सांसदको हैसियत बनाएको राप्रपा राजाको शरणमा निरन्तर पुगिरहेको छ ।

केहीदिन अघिमात्रै पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी र महामन्त्री धवल शमशेर राणा झापामै पुगेर ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका थिए । अब राजतन्त्र राप्रपाको मुद्धामात्रै रहेन । उनीहरुको दैनिक जसो हुने उठबस जस्ता गतिविधिले राजालाई फ्रन्टलाईनमा नै ल्याएर सक्रिय राजनीतिमा फर्काउन खोजेको देखिन्छ । पछिल्लो समय गणतन्त्रवादीले नै चालेका निरंकुशता कदम, कम्युनिष्टहरुबीच एक अर्काप्रति दोषारोपण र आम जनतामा राजनीतिले पारेको समस्याले राजावादीहरुलाई थप उर्जाका साथै हौसला पनि मिलेको छ ।