Breaking

रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु


काठमाडोँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले निर्वाचन प्रक्रिया शुरु गरेका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन दिएपछि प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यही चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवन, चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले गर्ने गरी निर्वाचन प्रक्रिया शुरु गरेका हुन् । यस्तै आज महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, महेन्द्र बहुमुखी क्याम्पस दाङ, पक्लिहवा कृषि क्याम्पस भैरहवा र भैरहवा बहुमखी क्याम्पसमा स्ववियु निर्वाचन भएको छ । त्रिविले केही दिनअघि मात्र निर्वाचन प्रक्रिया शुरु नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।