Breaking

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौँ – समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बस्दै छ । सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा दिउँसो १ बजे बस्ने बैठकमा छलफल हुने जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरिरहेका बेला लोसपा पनि सरकारमा सहभागिता हुने बारे छलफलमा जुटेका हुन ।