Breaking

प्रचण्डविरुद्ध बोल्नेलाई जेल हालियो ! मुख थुन्ने प्रहरी निशानामा, लोकतन्त्रमा माओवादी अध्यक्षको कुरुप कारबाही


काठमाडौँ — विश्वासको मत प्राप्त गर्दा संसदभित्र पोखिएको नेताको आक्रोश देखेर धेरै मानिस तीनछक परे । गठबन्धनको फेरबदलले नागरिक जीवनमा तात्विक फरक नपरेपनि नेताका शैली र आक्रोश फेरिएका छन् । मंगलबार प्रचण्डमाथि आक्रोश देखाएर नाराबाजी गर्नेहरुमाथि मुद्धा चलाउने तयारी गरिएको छ । मंगलबार काठमाडौंको बानेश्वरमा बबाल मच्चाएकातीन युवालाई पक्राउ गर्दा प्रहरीले मुख नै थुनिदिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दै बोलेको अभिव्यक्तिमा प्रहरीले श्वास पनि फेर्न नसक्ने गरि मुखनैथुनिदिएका थिए ।

जुन नेपालले प्राप्त गरेको तीन दशक लामो लोकतान्त्रिक यात्रामा पहिलो पटक देखिएको दृश्य हो । प्रधानमन्त्री प्रचण्डको यो प्रसंगसँग ठ्याक्कै मिल्ने घटना अमेरिकी राष्ट्रपति जो बाइडेनलेसमेत भर्खरै ब्यहोरेका थिए ।सार्वजनिक स्थानमा पुगेका बाइडेनमाथि एक नागरिकले आक्रोशित भावमा प्रश्न उठाएका छन् । तर बाइडेन चुपचाप सुन्छन् र कुनै प्रतिकार नगरी निस्किन्छन् । न बाइडेनमाथि प्रश्न उठाउने युवालाई प्रहरीले पक्राउ गर्छ । जबकि ‘त अयोग्य होस्, मान्छे मारेको होस्’ भन्दै ती व्यक्ति आक्रोशित शैलीमा उत्रिएका थिए ।

तर प्रचण्डविरुद्ध पक्राउ परेका युवाहरु बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थुनुवा लेखिएको रातो ज्याकेटमा देखापरे । कारण हो, अहिले ती युवाविरुद्ध मुद्धा चलाउने तयारी गरिएको छ ।प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेकै कसुरमा प्रहरीले अभद्र व्यवहारको मुद्धा लगाएरतीनजनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।त्यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको अनुमति लिएर थुनामा राखिएको छ ।

तर आफुविरुद्ध प्रश्न उठाएकै कारण प्रधानमन्त्री यो तहको हदमा उत्रिएपछि चौतर्फी आलोचना भइरहेको छ । विगतमा आफुमाथि झापड र जुत्ता हान्नेहरुलाई केही घण्टाभित्र छाड्न आदेश दिएका प्रचण्ड यसपटक कठोर बनाएका छन् । सायद आफुविरुद्ध बोल्नेलाई जेलभित्रै कोच्न प्रधानमन्त्री तयार भएको अर्थमा विश्लेषण भइरहेका छन् । संसदमा समेत प्रतिपक्षीले खरो प्रश्न उठाएको छ । पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा छन् ।प्रहरीको बयानमा उनीहरुले स्वतन्त्र युवा अभियन्ता भएको बताएका छन् ।

अब उनीहरुलाई अदालतमा हाजिर गराइनेछ । नागरिकको प्रहरीले मुखै थुनिदिएको उक्त घटनाका भिडिओ र तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छ । लोकतन्त्रमा नागरिकको आवाज दबाउन पाइन्न भन्ने कुरालाई प्रतिकात्मक रुपमा प्रयोग गरिन्छ। तर मंगलबार बोल्न खोज्ने नागरिकको आवाज दबाउन प्रहरीले भौतिक रुपमै मुख बन्द गरिदिएपछि तीव्र आलोचना भइरहेको छ।

माओवादीले गणतन्त्र ल्याएकै कारण नागरिकले बोल्न पाएको भन्दै यसलाई आफ्नै पेवा बनाएको छ । तर हिजो राजारजौटाका पालाहरुभन्दा पनि भयानक तरिकाले अहिले प्रचण्डविरुद्ध बोल्नेहरुको मुख थुनिदिएपछि यो लोकतन्त्रका लागि सबैभन्दा कुरुप बनेको छ ।