Breaking

के कांग्रेसले गल्ती महसुस गरेकै हो ? प्रचण्डका काममा किन मौन छन देउवा ?


काठमाडौँ — राष्ट्रपति उपराष्ट्रति सभामुख चयन आम निर्वाचनको राजनीतिक कोर्स पूरा भएको छ । योसंगै दलहरु भागवण्डामा व्यस्त छन् भने गठबन्धनको भविष्यका विषयमा समेत विभिन्न प्रश्न उठेका छन । जसले चिर्ने र स्थायित्व दिने बाटोमा हिडेको गठबन्धनका अघि चुनौतीको चाङ छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाईमा उनको लभ परेपछि भित्तामा पुगेको कांग्रेस सत्तामा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सहि थियो भन्न बाध्य पार्ने अवस्थाले तर्सिएका प्रचण्डको यु टर्नका लागि लिएको राष्ट्रिय सहमतीकै रटानले यो फाईदमा कांग्रेस पुगेको हो ।

जुन समिकरण उपराष्ट्रपति निर्वाचन र प्रधानमन्त्रीले दोश्रो पटक विश्वासको मत लिदासम्म ११ दलिय बनेको छ । जुन एजेन्डा मिल्नेसँगकै समिकरण भएको तथा यसैका आडमा सरकार बनाएको हुँदा टिक्ने सम्भावना प्रचुर भएको प्रचण्डको विश्वास छ । तर ओलीले वैशाखसम्म दिएको समयमा माथ खुवाउने गरि अघि बढेका उनीहरु सत्ता भागवण्डामा केन्द्रीत बनेसंगै कहिलेसम्म साथमा हिड्छन् भन्ने प्रश्न उब्जिएको छ ।

तर प्रचण्डले आशंका चिर्दै सदनमै जवाफ दिएको एकदिन पछि कांग्रेस नेताहरु समेत गठबन्धन जोगाउन लागि पर्ने सार्र्वजनिक अभिव्यक्ति दिएका छन । अझ विगतमा गठबन्धनविरोधी कित्तामै उभिएका डा.शेखर कोईरालाले सत्ता गठबन्धनमा आवद्ध १० दललाई सम्हाल्ने जिम्मा कांग्रेसकै काधमा आएको बताउनुले गठबन्धनको आयूप्रति प्रश्न गर्नेलाई बल मिलेको हो । भागवण्डामा समस्या हुन सक्ने देखिएकै कारण अस्वभाविक दावी नगर्न आग्रह गर्दै आएका नेताहरु अव कांग्रेसलाई गल्ती गर्ने छुट नभएकोसम्म बताईरहेका छन ।

गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा भएको वृहत शान्ती सम्झौताको वाँकि काम टुङगोमा पुर्याउने अवसरका रुपमा समेत यसलाई अथ्र्याउदै आएका उनीहरु गठबन्धनप्रति प्रतिवद्ध हुने र दुईमहिना अघिको गल्तीबाट पाठ सिकेको जसरी प्रस्तुत भईरहेका छन । भागवण्डामै समस्या हुने देखेका माओवादी नेताहरु समेत कस्ता व्यक्ति मन्त्री बनाउने विषयमा छलफल आवश्यक रहेको बताँउदै छन भने आचारसंहिता तथा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेपर्ने उनीहरुको तर्क छ । अव न्यूनतम साझा कार्यक्रम पनि चाहिने तर्क गर्ने गिरिराजमणि पोखेरेल वाम लोकतान्त्रिक गठबन्धन बाध्यता भएकोले पाँचै बर्ष जानेमा विश्वस्त देखिन्छन ।

आफ्नो संसदीय यात्राको सपना देखिरहे उपेन्द्र यादव र उनलाई रोक्ने बाटोमा रहेका जनमत सहितका अन्य मदेशी दल एकै ठाँउमा रहनु पनि अर्को चुनौतीको रुपमा देखिएको छ । यहिवीचमा कांग्रेससंग राम्रो सम्बन्ध नभएको तर प्रचण्डले निकट राखेका प्रभु शाह र अमरेश कुमार सिंहको व्यवस्थापनको प्रश्न पनि पेचिलो छ । त्यस्तै प्रचण्डकै लागि त्याग गरेका डा.बाबुराम भट्टराईले आफ्नो योगदानको मुल्य खोज्ने वेला समेत यहि हो । जसले गठबन्धनको आगामी यात्रा फलामको च्युरा चपाउनु भन्दा कम छैन । यद्यपी राजनीतिक विश्लेषक देवेश झा भने गठबन्धन पाँचबर्ष जाने बताउछन् ।

हुन त यतिका चुनौतीकावीच पनि खिईदै गएको माओवादीलाई मर या गर भन्दा पर जाने विकल्प छैन । जसको संकेत शहिद घोषणा, द्धन्द्धकालिन मुद्धा सम्बन्धी विधेयक र अयोग्य लडाकुलाई राहतको विषय अघि आईसकेका छन । यी सवै काममा मौन स्वीकृती दिएका देउवा प्रचण्डका लागि बाध्यताको साथी बन्ने सवैभन्दा उपयुक्त पात्र भएकोमा दुईमत छैन । जहाँ सत्ता गुमाइसकेको कांग्रेसका लागि प्रचण्डले देखाएको अनुराग कम्युनिष्ट एक हुन नदिने अस्त्र समेत बनिरहेको छ । जहाँ प्रचण्ड देउवा एक भए गठबन्धन नै चल्ने अवस्थाले समेत गठबन्धन चुनौती पार गर्दै लामै समय जानेमा आशा गर्ने