काठमााडौँ — सदनको तेस्रो दल भएर पनि सत्ताको साँचो नेकपा माओवादी केन्द्रको हातमा छ । अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सत्ताको बागडोर सम्हालिरहेका छन । तेसे पटक प्रधानमन्त्री बनेका प्रचण्डले सत्तामा पुग्दैपिच्छे माओवादीको पक्षपोषण प्राथमिकतामा पर्ने गरेको छ । तर पनि प्रचण्ड कसैको पिय्र बन्न सकेका छैनन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बुधवारबाट द्धन्दकालका अयोग्य लडाकुलाई दुई लाख रुपैया राहत उपलब्ध गराउने कार्यविधि अघि बढाएको छ । संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु छन । २०७३ मा रोकिएको यो विषय यो पटक चालु आर्थिक वर्षमै वितरण गर्ने सरकारको योजना छ ।
देश आर्थिक संकटमा फस्दै गइरहेका बेला किसानलाई रसायनिक मलमा उपलब्ध गराउँदै आएको अनुदानमा कटौती गरेरसरकारले खुब आलोचना खुप्नु पर्याे । भलै सरकारले त्यो निर्णय फिर्ता गर्याे तर रसायकि मलमा अनुदान कटौती गरेर सशस्त्र युद्धका अयोग्यभोषणा गरिएका ४ हजार ८ जना लडाकुहरुलाई २ लाखका दरले ८० करोड रुपैयाँ राज्य कोषबाट बाँड्न खोजिएको प्रष्ट बुझिन्छ । प्रचण्डले सरकारको डाडु पनिउँ आफ्नो हातमा भएका बेला राज्य कोषको दुरुपयोग गर्न खोजेको सहजै अनुमान लगाउन सकिन्छ ।
केही दिन अघी मात्रै ८ हजार ३ सय ७१ जना राष्ट्रिय सहिदको सूचि राजपत्रमै सार्वजनिक गरिसकेका छन । प्रधानमन्त्रीमा सपथ ग्रहण गर्न साथ जनयुद्ध दिवसमा सार्वजनिक विदा घोषण गरेर चर्को आलोचना खेपेको प्रधानमन्त्री प्रचण्ड यी सबै विषयमा आलोचनाको केन्द्रभागमा छन । तथापी यी सबै आलोचनाको अन्देखा गरेरै आफैले गलत्याएका आफ्ना पुराना सहकर्मीहरु खुशी पार्न हो या भ्रम छर्न जोडतोडले लागेका छन । शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायको निष्कर्ष प्रचण्डको प्राथमिकतामा परेको छ ।
सदनको पहिलो दल बन्दा होस् या बहुमतको प्रधानमन्त्री बन्दा अवसरको सदुपयोगमा प्रचण्डको परिपक्वता झल्कीएन । अझ प्रष्ट भन्दा पूर्व सहकर्मीको पीडाको सम्बोधन गर्न छोडेर परम्परागत पार्टी र नेतृत्व भन्दा अझ सम्भ्रान्त र अपारदर्शीताको नेतृत्व गरे । यसैको निरन्तरता अहिले पनि देखिदैछ । तथापी योसँगै प्रचण्ड अहिले भने पूर्व माओवादीहरुको मन जित्ने जोडमा छन । आफ्नो शक्तिको दुरुपयोग गर्दै अनेक योजना अघि सारेर होस् या पूर्व माओवादी घटकबीचको एकताको प्रयास, प्रचण्ड लागि परेका छन । तर प्रचण्डको प्रयास त्यति सहज छैन ।
उनका पुराना सहपाठीहरु प्रचण्डलाई पत्याउने अवस्थामा छैन्न । आफ्नो साढे दुई महिने कार्यकालमा दुई दुई पटक सदनको विश्वास जितेर प्रधानमन्त्रीको कुर्शी सम्हाली रहेका छन् जनयुद्धका सुप्रिमो प्रचण्ड । क्रमश राजनीतिक शक्ति संघर्षमा निरिह जस्तो देखिएको प्रचण्ड आन्तरिक पार्टी राजनीतिमा पनि आलोचनाबाट अछुतो छैन । पहिलो शक्ति हुँदै नेतृत्वको कमजोरीका कारण क्रमश क्षयिकरण उन्मुख माओवादी केन्द्र राजनीतिक रुपमा अस्तित्वको संकटमा छ । संकट पार गर्न प्रधानमन्त्री प्रचण्ड सबै सुजबुझ प्रयोग गर्दै शक्तिमा रहेका बेला पूर्व माओवादी फकाउन रणनीतिमा छन । कति सफल बन्छ लेखाजोखा विस्तारै हुनेछ ।
प्रतिक्रिया