Breaking

मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भनेर प्रश्न गरेका छन् ।

लिङ्देनले मंगलबार प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूको सुरक्षाकर्मीले मुख थुनेको प्रसंग कोट्याउँदै यस्तो प्रश्न गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा सुरक्षाकर्मीले थुनेको तस्वीर राख्दै उनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? ’

मंगलबार प्रधानमन्त्रीदाहालविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको थियो । मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाउने प्रधानमन्त्रीविरुद्ध प्रदर्शन हुँदा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

उनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन अनुरोध गरेका छन् ।

नभए मुख थुनेर मात्र नभई बन्दुकले पनि आवाज थुनिने उनले बताएका छन् । उनले भनेका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्ननज्जो !! जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ ।’