Breaking

प्रधानमन्त्री थ्री नेसन्स कप : नेपाल र लाओस भिड्दै


काठमाडौँ – प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज बुधबार नेपाल र लाओस भिड्दै छन् ।

खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ । नेपाल र लाओस ७ वर्षपछि आमानेसामने हुन लागेका हुन् । यसअघि सन् २०१६ मा भएको सोलिडारिटी कपमा यी दुई टोली पहिलो पटक खेलेका थिए ।

अनुभवी खेलाडी विदेशीयपछि यो पटक टोलीमा नयाँ खेलाडीले स्थान बनाएका छन् । यही साता सकिएको ‘ए’ डिभिजन लिगको पाँचौं राउण्डसम्मको खेलको आधारमा मुख्य प्रशिक्षक शिनसेन्जो अल्बर्टो एनेसेले खेलाडी छनोट गरेका हुन् । आजको खेलमा नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना छ ।

मुख्य प्रशिक्षक शिनसेन्जोले मंगलबार मात्र टोली घोषणा गरेका थिए । छोटो समयको तयारी भएपनि यो आफुहरुका लिग अवसर भएको उनले बताएका छन् ।

टोलीका कप्तान किरण चेम्जोङले भने, यो पटक टोलीमा नयाँ खेलाडीहरू रहेकाले आफूहरुका सामु नयाँ चुनौती रहेको सुनाएका छन् ।