Breaking

जसपा कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौँ – वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारी समिति बैठक आज बस्दैछ ।

चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव सांसद पदबाट राजीनामा दिएका छन् । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले राजीनामा दिएपछि यो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल गर्न बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो १ बजे बैठक डाकिएको हो ।

बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्न चर्चा छ । यादव गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए । बैठकमा सरकारमा सहभागी हुनेबारे पनि छलफल हुने बताइएको छ ।