Breaking

प्रचण्ड फेरि वालकोट जालान ? यस्ता छन चुनौती र सम्भावना, एमालेलाई मौकाको फाईदा !


काठमाडौँ — आफ्नै कारणले प्रतिपक्षमा थन्किएको डेढ बर्षपछि संयोगवश सरकारमा पुगेको एमाले माओवादीको यु टर्नले फेरि उहि अवस्थामा फर्किएको छ । योसंगै प्रदेशको सरकारमा सिमित बनेको एमालेको यो आरोह–अवरोह केवल दुई महिनाभित्रकै घटनाक्रम हो । जहाँ आफूले गल्ती स्वीकारेको भन्दै कांग्रेसले पाँच बर्ष नै यो गठबन्धन टिकाउने प्रतिवद्धता जनाएको छ । यो अवस्थामा अवको राजनीतिक कोर्ष कसरी अघि बढ्ला त ? सोमबार विश्वासको मतलिदै गर्दा कांग्रेसको साथप्रति निकै अनुग्रहित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहालले यो गठबन्धन लामै जाने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसको आयु वैशाखसम्म तोकेको बताएका उनले आफूले त्यसो हुन नदिने बताए । जुन आशंका हालका उनकै सहयात्री माधवकुमार नेपालले समेत व्यक्त गरेका थिए । जहाँ छोटो सहयात्रा र उनको यु–टर्नप्रति विक्षिप्त देखिएको एमालेका उपाध्यक्ष विष्णु पौडेलले यसको कारणबारे सोधेको प्रश्नको समेत उनले उत्तर दिए । त्यसको भुक्तभोगी पौडेल स्वयम भएको र आफू किन कांग्रेसकहाँ पुगे भन्नै नपर्ने बताएका उनले ओलीले अझै ऋण तिर्न बाँकी रहेको समेत भन्न भ्याए ।

आफू खोजेर नगएको बरु बोलाईको बताएका उनले अघिल्लो सरकारमा एजेन्डा नमिल्नेसँग सरकार बनाइएको हुँदा नटिकेको र अब एजेन्डा मिल्नेसँगकै समर्थनमा सरकार बनाएको हुँदा टिक्ने सम्भावना प्रचुर भएको बताए । यसको जिम्मा सवैको बताएका उनको यी अभिव्यक्तिले गठबन्धन टिक्नेमा प्रचण्ड ढुक्क कै अवस्थामा नरहेको प्रष्ट देखिन्छ ।

हुन पनि राष्ट्रपति उपराष्ट्रति सभामुख चयन भइसकेको तथा विश्वासको मत समेत पाएको अहिलेको अवस्थाले एउटा महत्वपूर्ण राजनीतिक कोर्स पूरा भएको छ । प्रचण्ड सुविधायुक्त मतले अनुमोदित भएका छन् भने विपक्षमा मतदान गर्नेमध्ये सबैभन्दा ठूलो शक्तिको हैसियतमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । जसले कित्ताकाटमा यसअघि देखिएको अस्पष्टता हटेर क्लियर बनेको छ । तर अव एघार दलको चित्त बुझाएर भागवण्डा मिलाँउदै सरकार विस्तारको सकसतर्फ गठबन्धन उन्मुख छ । अर्कातर्फ संसदको ठुलो दल कांग्रेसकै हातमा राष्ट्रपति पुग्नु प्रचण्डका निम्ति ठूलो खतरा हो ।

कुनैपनि बेला प्रचण्डले विश्वासको मत पाउन सकेनन् भने राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिदिन सक्छन् । जुन सत्ताबाट हात धोएको एमालेका लागि सुर्वण अवसर हो । त्यस्तै संसदको बनोट र अहिले तयार भएको संरचनाले पनि प्रचण्ड उभिएको समीकरण बलियो छैन । जहाँ ज्योषिकै सल्लाहमा डेरामा बसेर सत्तामा पुनरागमनको आशामा बसेका कांग्रेस सभापती शेरबहादुर देउवा कहिलेसम्म चुप बस्छन त्यसले पनि बाकी राजनीतिक कोर्ष तय गर्ने छ ।

त्यो खतरा टार्न सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच जुटेको सहमति कार्यान्वयनको इमान्दारिता निर्विकल्प शर्त हो । यहि शर्तमा एमालेले प्रलोभनका अश्त्र फाल्दै आएको छ । हुन त कम्युनिष्ट एक नहुन नै सफलता ठान्ने देउवा गठबन्धन प्रति अलिक वढि नै ईमान्दार रहँदै आएका छन । यसैको परिणाम स्वरुप कार्यसम्पादन समितिको वैठकमै गठबन्धनविरोधी भन्दै महामन्त्री गगन थापालाई वोल्ने नदिएको खवर समेत अहिले बाहिरिएका छन ।

जहाँ उनी इतरका नेताहरु भने प्रचण्ड एमालेसंग पुग्नुमा देउवाको यहि चरित्रलाई दोष देखाँउदै आएका छन । सामुहिक प्रयास हुदाँ वल्ल ढोक्सा भरिएको उनीहरुको भाष्यका वीच देउवाले प्रचण्डलाई झोलीको देउता र वर्तमान गठबन्धन आफ्नोमात्र सफलता ठाने यहिँबाटै मदभेद सुरु नहोला भन्न सकिन्न ।