Breaking

प्रचण्ड सरकार वैशाखसम्म ! सफल होला एमालेको खेल ? रवि गठबन्धनको शरणमा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतलिएसँगै ११ विरुद्ध तीनदलको अवस्थासिर्जना भएको छ । अव प्रतिपक्षम एमाले,राप्रपा र नेमकिपा मात्र भएका छन भने रास्वपलाई सत्ता लोलुपत्ताकै ट्याग लागेको छ । जुन समिकरणमा परस्पर विरोधीविचारसमेत एकै ठाउँमा देखिएका छन । यो अवस्थामा अव कसरी अघि बढ्ला त नेपाली राजनीति ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ किन विश्वासको मतभन्ने उत्तरमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु नागरिकका मुद्दा कार्यान्वयन हुने आशामा यो बाटो रोजेको नेताहरु तर्क गर्छन ।

तर सभापतीको नागरिकताको विषयबाट अघि बढेको पासपोर्ट दुरुप्रयोगको विषयले यसमा भूमिका खेलेको कहिकतै छुपेको छैन । रवि लामिछानेमाथि तरबार जसरी झुण्डिएको राहदानी दुरुप्रयोगको विषय र मुद्दा चलाउने अधिकार महान्यायधि वक्ताको हातमा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मतदिएको प्रष्ट छ । जसले यदियहि बाटो हिँड्नुथियो भने हतारमाकिन सरकार छाडेको भन्ने प्रश्नमा रास्वपा डामिदा उनीहरुको बचाउको अर्को अश्त्र छ–हामीले हिजो पनि प्रचण्डलाई विश्वास गरेका हौँ आज पनि त्यहि बाटोमा छौँ

तर प्रचण्डको मुखुण्डोमा हिजो एमालेले चलाएको सरकार अव कांग्रेसको हातमा पुगेको तथ्य स्वीकार गर्न उनीहरु तयार छैनन् । योसंगै अव ११ दलको चित्तबुझाउदै अघि बढ्ने बाटोमा सरकार अघि बढेको छ भने तीन दलप्रति पक्षमा पुगेका छन । जुन अवस्थामा आउनुमा एमालेको व्यवस्था विरोधी चरित्र भएको माओवादी नेताहरुले आरोप लगाएका छन । एकीकृत समाजवादीका अध्यक्षमा धवकुमार नेपालले त एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजीगर्न जिम्मा दिनु पर्ने व्यंग्य नै कसेका छन ।

जहाँएमाले नेताहरु यो समिकरणर प्रचण्डको अस्वभाविक युटर्नमा देशीविदेशी शक्तीको हात देख्दै आएका छन । आजमात्रै पनि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गर्दा यसको उत्तर प्रचण्डले कुनै बेला दिनै पर्ने बताए ।

यसअघिको गठबन्धनलाई खिचडी देख्ने दलहरु अहिले पनि सोहि बाटोमा अघि बढेका छन । एका तर्फ संघियताकै मुख्य अंग प्रदेश प्रतिविरोध जनाएर उम्मेद्वार नै नउठाएको रास्वपा र गणतन्त्रका हिमायती भन्नेहरु एक ठाउँमा आउने अवसर यसले सिर्जना गरेको छ । अर्कातर्फ यहि नेताहरुलाई गाली गलेर स्थापित रास्वपा लाजै पचाएर एक र अर्कोतर्फ हामफाल्दै कहिलेसम्म बस्छ यसै भन्न सकिने अवस्था छैन ।

जुन समिकरणले नयाँतथा वैकल्पिकभनिएकाहरु एक ठाँउमा उभिने अवस्थाबन्नु तथाएमाले र राप्रपाजस्ता पार्टी विपक्षमा पुग्नुले भने यसअघिकै विश्लेषणमा देश पुगेको छ । गगनको क्षेत्रमा रास्वपाले उम्मेद्वार नउठाउनु, रास्वपाले राप्रपा तथा जनमतले चिन ढल्किएका उपेन्द्र यादव साईजमा आएपछि यो गठबन्धन बन्नुलाई संयोग मात्रमान्ने अवस्था छैन । यद्यपी रास्वपामुद्दाका कारण मात्र यो अवस्थाआएको होकि संयोग भित्र देखिएको अरु नै कारण छ त्यो भने अहिले नै प्रष्ट छैन । जहाँ ओलीले त प्रचण्ड विदेशीको ईशारामा चल्दा यो अवस्था आएको मुखै फोरेर भन्दै आएका छन ।

नयाँ समिकरणसंगै कम्युनिष्ट भर्सेस कम्युनिष्टको अवस्थाआएको छ । जसलाई गठबन्धन दलहरुले वाह्रवुदे सम्झौताको अगुवाहरुको एकताको रुपमा समेत अथ्र्याएका छन । यद्यपी एघार स्वार्थ बोकेर तत्कालका लागि एक भएका एघार दलहरु सत्ताको लुछाचुँडी र भागवण्डाको सकस कसरी पार गर्छन त्यो पनि हेर्न बाँकी नै छ । जहाँ गठबन्धनभित्रकै केहि सानादलले मिनि गठबन्धन सुरुवात अहिलेबाटै गरिसकेका छन ।