Breaking

चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा, अमेरिकासहित पश्चिमा देशहरु सशंकित


काठमाडौँ — चिनियाँ राष्ट्रपति सी जिनफिङ रुस पुगेका छन् । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर चिनियाँ राष्ट्रपति सी रुस पुगेका हुन् । रूसले युक्रेनमा हमला गरेयता सी पहिलोपटक रुस पुगेका हुन् । चिनियाँ राष्ट्रपति सी जिनफिङ रुस पुगेका छन । रूसले युक्रेनमा हमला गरेयता सी पहिलोपटक रुस पुगेका हुन् । चिनियाँ विदेशमन्त्रालयका अनुसार भ्रमणका क्रममा सी र पुटिनले दुई देशबीचको रणनीतिक सहयोगका विषयमा छलफल गर्ने भएका छन ।

रुसको साझेदार बेइजिङले युक्रेनमा युद्ध अन्त्य गर्ने प्रस्ताव राखेको अबस्थामा पश्चिमा राष्ट्रले न्यानो स्वागत गरेको बेला यो भ्रमण भएको हो । बेइजिङको विदेश मन्त्रालयले पुटिनको निमन्त्रणामा सी २ दिन सम्म रुसमा हुने छ । गठबन्धन नो टकराव र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने आधारमा चीन र रुसले अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रलाई बढावा दिइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा रुस–चीन सहयोगलाई बलियो बनाउने सन्दर्भमा विचारको आदानप्रदान गर्ने र धेरै महत्वपूर्ण द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर हुनेछ ।

चीनले युक्रेन युद्धको विषयमा आफूलाई तटस्थ शान्तिको पक्षमा प्रस्तुत गर्ने प्रयास गर्दा यो भ्रमण भएको हो । रुस–युक्रेन युद्ध अन्त्यको विषयमा रचनात्मक ढंगले वार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । भेटवार्तामा चीनले रूस र युक्रेनको युद्ध अन्त्यका लागि १२ बुँदे प्रस्ताव समेत तयार गरेको छ ।

चीन र रुसबीच हुन सक्ने नयाँ सहमतिप्रति पनि विश्व जगतको तीब्र रूपमा चासो देखिएको छ । चीन र रुसबीच हुने सहमतिले विश्वमा नयाँ धु्रवीकरण हुन सक्ने भन्दै अमेरिकासहित पश्चिमा देशहरु सशंकित बनेको छ । यता सबै देशको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ र यसका साथसाथै सबै देशको सुरक्षासँग सम्बन्धित जायज सरोकारको पनि सम्मान गर्नुपर्छ भन्ने चीनको जनमत छ । तर सी युक्रेनको राजधानी कीभ नभई रुसको राजधानी मस्को पुगेका छन ।

यस्तो अवस्थामा सी मस्कोबाट फर्किएपछि पुटिनलाई या त घट्दै गएको चिनियाँ समर्थनको चिन्ता हुनेछ वा विश्वका दुई शक्तिशाली व्यक्तिमध्ये एकको समर्थन पाएर उनी थप विश्वस्त हुनेछन । बाँकी परिणाम त्यसपछि मात्रै थाहा हुनेछ ।