काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीलाई विश्वासको मत रहेको सम्बन्धी प्रस्तावको पक्षमा बहमुत प्राप्त भएको हो । जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १७२ जना सांसदको मत पर्यो यस्तै ८९ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरे । यसअघि प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए ।
त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए । यस्तै दुई सांसदले विपक्षमा मत दिएका थिए । यस्तै एक सांसद तटस्थ रहे । मतदानमा २६२ सांसद उपस्थित थिए । यो बीचमा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनु परेको थियो । दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिए ।
प्रतिक्रिया