Breaking

म खोज्दै प्रधानमन्त्री बनाइदिनूस् भन्दै गएको होइन: प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग प्रधानमन्त्री पद खोज्दै नगएको बताएका छन् । सोमबार विश्वासको मतबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पुस १० गते आफू एमलेले बोलाएर प्रधानमन्त्री बन्न बालुवाटार गएको बताए । म खोज्दै प्रधानमन्त्री बनाइदिनूस् भन्दै गएको होइन । म खोज्दै गएको होइन । तपाईंहरू यतै आईदिएहुन्थ्यो भन्दै हुनुहुन्थ्यो । म यतै बल गर्दै थिएँ । यही गठबन्धन नेचुरल छ भन्दै थिएँ । म खोज्दै ग्एको सत्य होइन । अनेक गरेर बोलाउनुभयो । बाई द वे जानुपर्ने अवस्था बन्यो म गएँ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष अ‍ोलीप्रति आभार व्यक्त गरेका छन् । उनले आफूले ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएकाले एकपटक अझै बाँकी रहेको बताए । ओलीजी तपाईंप्रति आभार व्यक्त गर्दछु । प्रधानमन्त्री चै बनाउनुभयो । तपाईंलाई मैले दुई पटक प्रधानमन्त्री बनाएको थिएँ । तपाईंले मलाई ब्याज तिर्नुभयो । तर, अझै एउटा बाँकी छ । हिसाब राख्नुहोला,’ प्रचण्डले भने ।