Breaking

प्रचण्डलाई विश्वासको मत दिन सकिँदैन: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वार्थीहरूले मत दिने बताएका छन् । सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।

गठबन्धनमा रहेका स्वार्थीहरूले भोट दिएपनि आफूहरू स्वार्थी नरहेको उनले बताए । गठबन्धनका स्वार्थीहरूले भोट देलान् तर हामीलाई स्वार्थ छैन, त्यसैले प्रधानमन्त्री संसदको विश्वास छ भन्न सकिँदैन, जित्ने हार्ने छुट्टै कुरा हो स्वार्थको खेल हो, यसमा हामी लतारिनुपर्दैन,’ उनले भने ।