समाचार

‘स्किल वीक २०२३’ सम्पन्न, स्किल हिरोबाट ४ जना सम्मानित


काठमाडौँ – स्किल विक २०२३, चौथो संस्करण द सोल्टी होटेलमा सम्पन्न भएको छ । उद्यमी, सरकारी कूटनीतिज्ञ र हन्ड्रेड प्लस इच्छुक उत्साहीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थित रहर्नु भएको थियो । विभिन्न सीपमुलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सीपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीसका साथ एकहप्ते कार्यक्रमको आयोजना गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिएर तिनै क्षेत्रबाट सीपमुलक रोजगारीका अवसर, बढ्दो सीपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम १३ मार्चदेखी २९ सम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रबिधी रहेका थिए ।
कार्यक्रममा विभिन्न चार बिधामा अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२३ उपाधीबाट सम्मान गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएकाले स्किल हिरोको रूपमा सम्मान गरेको थियो । यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सीमा गोल्छालाई सम्मान गरिएको थियो ।

उद्यमशीलता विधामा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको कम्पनीले जनाएको छ । विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान गरिएको छ ।