समाचार

वाई वाईले गर्‍यो क्रिकेट रङ्गशालाको सरसफाई


काठमाडौँ — आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ ।

मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ ।

खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोरलाई वाईवाईले आज सफा गरेको हो । बनौँ आदर्श नागरिकू भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाई गरि आफ्नो सामाजिक दायित्त्व निर्वाह गरेको बताएको छ ।