Breaking

उपराष्ट्रपति यादवले दिए सांसद र जसपाबाट राजीनामा


काठमाडौँ – उपराष्ट्रपति निर्वाचित भएका रामसहायप्रसाद यादव जनता समाजवादी पार्टीबाट अलग भएका छन् ।

उनले पार्टी साधारण सदस्य तथा सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उल्लेख गर्दै राजीनामा दिएका छन् । उनी जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य, संसदीय दल नेतासमेत थिए ।

साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन् । संघीय संसद सचिवालयलाई उनले आइतबार नै राजीनामा पत्र पठाइसकेका छन् ।

गत मंसिर ४ मा भएको चुनावमा उनी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिको आज शपथ लिने कार्यक्रम छ ।