Breaking

घनश्याम भुसाल समाजवादीको महासचिवमा मनोनित


काठमाडोँ – नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनित गरिएको बताउनु भयो । उहाँले केन्द्रिय सचिवालय सदस्यको संख्या १९ पु¥याइएको बताउनु भयो । उहाँले सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइ नसकेको स्पष्ट पार्नुभयो ।