Breaking

काँग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


काठमाडौँ – नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । आईतवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्नुहुने विश्वासको मतको प्रश्तावको पक्षमा रहने स्पष्ट पार्नुभयो । उहाँले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताउनु भयो । काँग्रेस संसदीय दलको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन गरेको छ ।