Breaking

माओवादी धारका दलले आज सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै


काठमाडौँ – माओवादी धारका दलहरुले आज सांस्कृतिक प्रतिरोध दिवस मनाउँदैछन् ।

तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र युद्धका बेला शाही नेपाली सेनाले सांस्कृतिक कर्मीहरुलाई जिउँदै जलाइएर हत्या गरेको दिनको स्मरणमा यो दिवस मनाउने गर्छन् ।

यो घट्नालाई अनेकोट हत्यकाण्डका रुपमा चिनिन्छि । काभ्रेको पाँचखाल नगरपालिकास्थित अनेकोटमा २०५५ चैत ५ गते तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर निशस्त्र अवस्थामा रहेका ७ कलाकारहरुको हत्या गरेको थियो ।

सो घटनामा च्याङवा लामा, निर्मला देवकोटा, गुम्बासिंह तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनिमाया लामालाई जिउँदै जलाएर हत्या गरिएको थियो ।
सोही घट्ना भएको स्थानमा आज नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपालले कार्यक्रम गर्दैछ । बिहान ११ बजे जनसांस्कृतिक सम्मान–२०७९ कार्यक्रम तय गरिएको महासंघले जनाएको छ ।