Breaking

देउवासँग ओलीको जोडबल, एमाले–काँग्रेस सहकार्यमा गगन तगारो,काँग्रेस किन डरायो ओलीसँग ?


काठमााडौँ — राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएलगत्तै सरकार विस्तार र समीकरण फेरबदलतर्फ ध्यान मोडिएको छ । एमाले विगतमै जस्तो समीकरण फेरबदलको संघर्षमा छ । तर काँग्रेस सहज विकल्प नआएसम्म घातक कदम उठाउन तयार देखिएको छैन । किनकि बारम्बर एमालेबाट आइरहेको प्रस्तावलाई काँग्रेसले घातक संकेतका रुपमा बुझिरहेको छ । फागुन १२ मा नयाँ गठबन्धन बनेपछि फेरि एकपटक काँग्रेसको कित्तामा सत्ता छ । ओली–प्रचण्ड मिल्ने सम्भावना तत्काललाई टरेपछि ओली–देउवा सहकार्यको सम्भावनामाथि लेखाजोखा हुन थालेको छ ।

तर एमाले सहकार्य खोजेको खोज्यै, काँग्रेस ओलीदेखि भागेको भागेई । तैपनि एमालेले हार मानेको छैन ।काँग्रेससँग नमिल्ने कसम नखाएको भन्दैएमाले अध्यक्ष ओलीले सहकार्यको सम्भावना देखाएका थिए । तर जवाफमा काँग्रेस महामन्त्री गगनकुमार थापा२०८४ सम्मै एमालेसँग सहकार्य नहुने बरु प्रतिपक्षीको रुपमा बालकोटमै भेट्न आउने बताएका थिए ।प्रतिउत्तरमा ओलीले फेरि गगनको बोलीलाई गठबन्धनभित्रको गडबडी भनेका छन् ।

एमालेले राष्ट्रपति लिएर प्रधानमन्त्री दिन्छौं सहकार्यमा आउनुस् भन्ने खबर पठायो, देउवा राजी भएनन् । राष्ट्रपति, प्रधानमन्त्री दुवै लिएर आधा दिनुस् सहकार्यमा आइहाल्नुस् भन्दा पनि देउवा टसको मस भएनन् । सत्ताका लागि लोभी देउवा हलचल नहुनुको कारण एमालेले बुझेको छैन । किनकि ओलीलाई काँग्रेस चाहिएपनि काँग्रेसलाई एमाले चाहिएको छैन । सरकार बनाउन र भागबण्डामा काँग्रेस सुविधाजनक अवस्थामा छ ।

चैत ६ गते विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले बहुमत नपाए काँग्रेस सिधैं सरकारको नेतृत्वमा आउनेछ ।यसका लागि रास्वपा, राप्रपाजस्ता गैरवामपन्थी शक्ति र जनमत, नागरिक उन्मुक्ति पार्टी र लोसपा जस्ता साना दलको सहकार्यमै बहुमत पुग्नेछ ।एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी बाहिरै बसेपनि काँग्रेसले सरकार बनाउने अवस्था छ । फलतः काँग्रेस आत्तिएर एमालेसँग हाम फालिहाल्ने पक्षमा छैन ।

तथापी सत्ताका लागि दौडिहाल्ने छबि बनाएका देउवालाई सहजै र छिट्टै सरकारको नेतृत्वमा पुग्न एमाले सहज छ । धेरै शक्तिबीचको सन्तुलन र व्यवस्थापनमा समय खर्चिनुभन्दा दुई ठूला दलको सहकार्यमा सरकार बन्नु स्थायित्वका हिसाबले जायज नै होला । तर देउवा बलियो प्रतिद्वन्द्वी र दम्भी पहिचान बनाएका ओलीभन्दा प्रचण्डसँगकै सहकार्यलाई जोड दिइरहेका छन् । यसका लागि अहिले नभए दुईबर्षपछि नै सरकारको नेतृत्वमा पुग्न पनि देउवा राजी देखिन्छन् । किनकि नाफा खोज्दा आफैलाई घातक बन्ने पुस १० कै जस्तो कदम दोहो¥याउन देउवा तयार छैनन् ।यसका लागि कुनै शक्तिशाली कदम वा नाटकीय मोड पर्खिनुभन्दा एमालेसँग अर्काे विकल्प देखिएको छैन ।