Breaking

उपराष्ट्रपति निर्वाचन : राप्रपाले मतदान नगर्ने


काठमाडौँँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ ।यसअघि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन । केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता रहेका छन् । राप्रपाले संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको छ ।