काठमाडौँ — प्रधानमन्त्रीले मन्त्रीपरिषदविस्तारको तयारी थाल्ने दिननजिकिएसंगै मन्त्रीबन्नकांग्रेस नेताहरुको दौडधुप बढेको छ । पार्टीले दावी गरेका मन्त्रालय नै भागमा पर्ने पक्कानभएका कारण को मन्त्रीबन्नजाने पक्कानभएपनि महत्वपूर्ण मन्त्रालयपाए पुरानै अनुहार नत्रनयाँअनुहारलाई समेटिने गरि दलहरु अघि बढेकाहुन । जहाँ सरकारको आयूमाथि नै आशंकागर्दै ठुला नेताहरु मन्त्रीबन्ने सम्भावनाकमभएको विश्लेषण समेत सुरु भएको छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्डको तयारीकावीचमन्त्रीबन्ने लाईनमा रहेकाहरुको दौडधुप बढेको छ ।
विश्वासको मतको सन्दर्भमाभने ९ दलीय गठबन्धनका शीर्ष नेताहरूबीच चैत ६ मितिउपयुक्तहुने विषयमा छलफल भईरहँदायहिहप्ताभित्रै सरकार विस्तार हुने सम्भावना छ । यहि कारण दलहरुले आफ्नो वार्गेनिङ समेत अघि सार्दा दलहरुमा नेताहरुको दावी समेत बढेको छ । अहिलेसम्मकुनदलले कुनकुनमन्त्रालयलिने भनेर औपचारिक रुपमा छलफल सुरु नभएको दावी छ । यद्यपीप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले गृह मन्त्रालयआफैंसँग राख्नचाहेकाले अर्थ मन्त्रालयकांग्रेसको भागमा पर्ने नेताहरु बताउँछन् । अर्थ नै परे मन्त्रीबन्नजानकांग्रेसभित्रनेताहरुको दौडधुप चर्को छ ।
कांग्रेस नेताहरुकाअनुसार अर्थमन्त्रीको दौडमा प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेताउदयशमशेर राणा छन् । जहाँमहामन्त्रीगगनकुमार थापा अर्थमन्त्रीकाआंकाक्षीमानिएको थियो । महामन्त्रीथापाआफैं पनि अर्थतन्त्रसँगजोडिएको छलफलहरुमा सहभागीभइरहेका छन् । तर उनले सार्वजनिक रुपमै मन्त्रीनहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ । यद्यपीमहतले आफ्नो दावी स्वभाविकभएको अभिव्यक्तिदिँदापूर्व अर्थमन्त्रीकार्कीले अर्थ मन्त्रालयमाआफ्नो दाबीबारे केहीबोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँगनिरन्तर लबिइङ गर्दै आएकाबताइदा राणाले पनिदावीकायम राखेका छन ।
सांसदको संख्याको अनुपातमामन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमाकांग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमाकांग्रेसको दाबी छ । तर भागवण्डा टुङगो नलागेको अहिलको अवस्थामाकांग्रेसले दावीअनुसारकै मन्त्रालय पाउछ भन्नेमा ढुक्क हुने सक्ने अवस्था छैन । जसले कुनमन्त्रालयभागमा पर्छ भन्ने टुङगो लागेपछि मात्र कस्ता अनुहार दोहोरिन्छन भन्ने पक्काहुने नेताहरु बताउँछन । फलत कांग्रेसको नेतृत्व गरेर अर्थमन्त्रालयपाए डा.शेखर कोइराला नै मन्त्रीबन्ने आकांक्षामा रहेको चर्चा पनि छ ।
अर्कातर्फ गृहमन्त्रालयपाए पार्टीको नेतृत्वगर्दै उपसभापती पूर्णबहादुर खड्का नै मन्त्रीबन्न सक्ने विश्लेषण छ । तर सार्वजनिकअभिव्यक्तिकै क्रममाउनले आफू मन्त्रीनबन्ने बताइसकेका छन । यताप्रधानमन्त्री प्रचण्ड पनि सरकारमानयाँअनुहार खोजिरहेका छन् भने अन्य दलहरुबाट मन्त्रीबन्नआउनेहरुको अनुहारले पनिकांग्रेसबाट कस्ता व्यक्तिजाने भन्ने निर्धारण गर्ने छ । तर राजनीतिकविश्लेषक पुण्य प्रसाई भने यो सरकारको आयू मै आशंका गर्छन । जसले पुराना नेताभन्दानयाँअनुहार मन्त्रीबन्ने सम्भावना बढेको उनको तर्क छ ।
यसरी हेर्दा कांग्रेसका ९८ जना सांसद मध्ये सभापति शेरबहादुर देउवा र महामन्त्रीगगनथापाबाहेक सबै मन्त्रीको दौडमा छन् । फलत ः औपचारिक र अनौपचारिक दुवै तवरबाट उनीहरु लविङमालाग्दाप्रधानमन्त्री प्रचण्डलाई कांग्रेसभित्रको कुरा मिलाउने चुनौतीपनि छ । पुस १० को गठबन्धन फेर्न कांग्रेसको सबै पक्षको साथखोजेका प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनमाकांग्रेसभित्रदुई वटा समूह छ भन्ने कुरा राम्ररी बुझेका छन् । यता देउवाभने शेखर–गगन समूहको एकदुई जनातानेर मन्त्रीबनाइदिने रणनीतिमा छन ।
प्रतिक्रिया