Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका छन् ।

राप्रपाले फागनु १३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री जम्मकट्टेलले फागुन ८ मा विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री जम्मकट्टेलले गरेका छन् ।

मुख्यमन्त्री जम्मकट्टेलले संविधानको धारा १८८ को उपधारा ९२० तथा बागमती प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेशसभामा विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छन् ।