काठमाडौँ – आईसीसी लिग २ अन्तरगत युएईविरुद्ध पहिले फिल्डिङ गरिरहेको नेपालले लगातार सफलता हात पारेको छ ।
यूएईले २७ औं ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो । आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन् ।
खानलाई दीपेन्द्रको बलमा गुल्सन झाले क्याचआउट गरे । ऐरीकै बलमा २३ औं ओभरमा यूएईले तेस्रो विकेट गुमाएको थियो । २३ औं ओभरको अन्तिम बलमा चुन्डाङ्गापोयील रिजवान रन आउट भएका थिए। ७ रन बनाएका रिजवानलाई आसिफले रनआउट गराए ।
यस्तै सन्दीप लामिछानेले असिम र ललित राजवंशीले आरयन लाक्रालाई आउट गरेका थिए । लिग २ अन्तर्गत आफ्नो अन्तिम यो खेल जिते नेपाल सिधै विश्वकप छनौटमा पुग्नेछ । यसअघि घरेलु मैदानमा तीन खेल नै नेपालले जितेको छ । पछिल्ला ११ खेलमा नेपालले १० खेलमा जित हात पारेको छ ।
प्रतिक्रिया