Breaking

उपराष्ट्रपति निर्वाचन बारेमा निर्णय गर्न रास्वपा शुक्रबार बैठक बस्दै


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति पदको निर्वाचनको बारेमा निर्णय गर्न शुक्रबारका लागि बैठक बोलाएको छ ।

रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई मत दिने भन्ने बारेमा निर्णय लिने एक नेताले बताए ।

उपराष्ट्रपतिको निर्वाचन यहि चैत ३ शुक्रबार हुने भएको छ । अहिलेसम्म रास्वपाले कसलाई मत दिने भन्ने बारेमा निर्णय गरेको छैन । गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो ।