Breaking

सरकार विस्तार गर्न किन डराउँदै छन् प्रचण्ड ? कसको भागमा कति मन्त्रालय ? प्रधानमन्त्रीमा आलोपालो !


काठमााडौँ — तत्कालिन सत्ता सहयात्रीले समर्थन फिर्ता लिएपछि विश्वासको मतलिनुपर्ने बाध्यता रहेको प्रधानमन्त्री प्रचण्डले त्यसपछि मात्र सरकार विस्तार गर्ने भएका छन । अहिले नै यसतर्फ अघि बढे विवाद र असन्तुष्टि बढ्ने डरमा रहेको उनीअहिले पाँचजनामन्त्रीकै भरमा सरकारचलाइरहेका छन ।त्यसवेलै प्रधानमन्त्रीमाआलोपालो सम्झौतालाई समेत टुङगोमापुर्याउने प्रचण्डको तयारी छ । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मात्रैमन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नेकपाएमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि १६ मन्त्रालयएक्लै हाँकिरहेका उनीअहिले नै मन्त्रिपरिषद् विस्तार गर्दा विवाद बढ्ने डरमा छन ।

तर अप्रिल १३ देखि १६ सम्मभारतको ३दिने राजकिय भ्रमणका क्रममानयाँदिल्लीे जाने तयारीमा रहेका उनी त्यसअघि नै मन्त्रीपरिषदविस्तार गर्ने तयारीमालागेका हुन । जहाँयसअघिको गठबन्धनमा भएर पनि सरकार छाडेको रवि लामिछाने नेतृत्वको रास्वपाआफुले रोजेको मन्त्रालयपाए प्रचण्ड नेतृत्वको सरकारमा सहभागीहुने तयारीमा छ । राष्ट्रपतिमा कसैलाई नभनीकांग्रेसलाई भोट हालेको रास्वपाले हाल २ मन्त्रालयलिएर सरकारमा सहभागीहुने शर्तमामत साटेको चर्चा पनिअहिले छ । यतागठबन्धनको ठुलो दलकांग्रेसले ७मन्त्रालयपाउने मोटामोटी सहमति छ भनेत्यसमाथप एक राज्यमन्त्रीपनिहुनेछ ।

गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिकपूर्वाधार र ऊर्जामध्ये मुख्यतीनमन्त्रालयसहितसरकारमा सहभागीहुने तयारीमाकांग्रेस रहँदागठबन्धनमाभएका १० दलको भागवण्डा मिलाउदामाओवादीको हिस्सा भने घट्ने सम्भावना छ । जहाँगृहमन्त्रीमाकांग्रेसको दाबीभएपनिप्रधानमन्त्री प्रचण्ड गृह माओवादीले नै राख्नेमा अडिग छन् । परराष्ट्र, ऊर्जा र सञ्चारमध्ये एकमातीनदलनेकपाएकीकृत समाजवादी, जसपा, लोसपा र जनमत पार्टीको दावी छ । उनीहरूले २÷२ मन्त्रालयपाउनेछन् । यताआम नेपाली पार्टीकाअध्यक्षप्रभु शाह र नेपालसमाजवादीपार्टीकाअध्यक्ष महेन्द्रराययादवमन्त्रीकालागिदाबीगरिरहेका छन् ।

जसले भागवण्डा सकसपूर्ण बन्ने निश्चित जस्तै छ । यहि पेचिलो अवस्थाको परिणाम यसअघिउपराष्ट्रपतिको निर्वाचन पछि सरकार विस्तारको मनस्थितीमा रहेका प्रचण्डले त्यसलाई विश्वासको मतलिने दिनपछि पुर्याएकाहुन । जसले नौदलीय प्रचण्ड गठबन्धनमा मन्त्रीकाआकांक्षीको चित्तबुझाउनु चुनौतीपूर्ण बन्दा मन्त्रिमण्डल विस्तार परपर सर्दै गएको प्रष्ट हुन्छ ।

यताविश्वासको मतको सन्दर्भमाभने ९ दलीयगठबन्धनका शीर्ष नेताहरूबीच चैत ६ मितिउपयुक्तहुने विषयमा छलफल भईरहेको छ । चैत ५ मा संसद्को बैठक बोलाइएको छ । त्यस दिन संक्रमणकालीन न्यायसम्बन्धी संशोधनविधेयक प्रस्तुतगर्ने सरकारको तयारी छ । यद्यपीसंसद् बैठक बस्नुअघि प्रतिनिधिसभाको विपक्षी बेन्चमाकुनदल बस्ने भन्ने सकस भएकोले संसद् बैठक बस्नुअघि कांग्रेसबाट कम्तीमा एक जनामन्त्री पठाएर यसको निकास दिने विषयमापनि गठबन्धनमा छलफल भएको छ । जहाँउपराष्ट्रपति निर्वाचनसँगै मदेशवादीदलहरुकोअवस्थापनि प्रस्ट हुने अवस्थापनि छ ।

जसले सरकार विस्तार सहजहुने सक्ने वुझाईमा प्रचण्ड छन । अर्कातर्फ मन्त्रिपरिषद् विस्तार गर्दा नै प्रधानमन्त्रीमाआलोपालो लगायतकाविषयमा छलफल हुनेछ।राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने क्रममाप्रधानमन्त्रीमाआलोपालो गर्ने र नेकपाएकीकृत समाजवादीकाअध्यक्षमाधव नेपाललाई अवसर दिने समझदारी भएकाविवरणहरू आएकाथिएभने त्यो कुरा माओवादी नेताहरुले पनि स्वीकार्दै आएका छन ।

जुन दौडमाकांग्रेस सभापती शेरबहादुर देउवापनि छन । जहाँकसले कतिचलाउने भन्नेबारे पनिउनीहरु छलफलमै अघि बढेका छैनन् । जसले भागवण्डाको विषयकति रस्साकस्सीपूर्ण बन्छ भन्ने अनुमानगर्न सकिन्छ । बुझेरै १० दललाई रावणको संज्ञा दिएकाएमाले अध्यक्ष केपीओलीले अब यी रावणले देशमाविध्वंशमच्चाउने समेत उनको आक्षेप नै लगाएका छन ।

यद्यपीअहिले उपराष्ट्रपति निर्वाचनमाव्यस्तदलहरु छलफल समेत चैत ५ पछि मात्र अघि बढाउने तयारीमा छन । विस्तृतमागएभुईको टिप्न खोज्दापोल्टाको पनिगुम्ने डरमा रहेका उनीहरु तत्कालिन परिस्थितिको निकाशदिदै अघि बढ्नेतर्फ नै बढि केन्द्रीत देखिएको छ ।

अर्कातर्फ सरकारमा सहभागीहुनखोज्ने दलको संख्या बढी भएकाले असन्तुष्टले समर्थन फिर्ता लिनासाथविश्वासको मतलिनुपर्ने झझन्टतर्फमापनि प्रचण्ड छन । अर्थात्विश्वासको मत लिएपछि सरकार विस्तार गरेपनिकसैले सरकार छाडे उनले विश्वासको मतलिनुपर्ने परिस्थितिमा देशमा रहँदाकतै सवैको चित्तबुझाउने नाममा यो अलमलअझै बढ्ने त हैन भन्ने अर्को आशंकाकायमै छ ।