Breaking

प्रचण्डलाई आफ्नैको धोका, मुद्दामाथि ओलीको जुहारी, माओवादीको धम्कीपछि सेनाविरुद्ध पनि उजुरी


काठमााडौँ — प्रचण्डविरुद्ध पाँच हजारको मुद्धा परेसँगै बाँकी १२ हजारको हत्यारा खोजी भइरहेको छ । पाँच हजार मारेको जिम्मा प्रचण्डले लिए १२ हजारको कसले लिने ?आफुमाथि मुद्धा परेपछि माओवादीहरु यही प्रश्न उठाइरहेका छन् । फलतः द्वन्द्वकालिन मुद्धाको विषय राजनीतिक द्वन्द्व बनेको छ । प्रचण्डविरुद्ध रिट परेको दिनदेखि नै खरो प्रस्तुत भएका एमाले अध्यक्ष ओलीले निवेदककै पक्षमा रहेको सन्देश जानेगरी प्रचण्डविरुद्ध घातक बयान दिइरहेका छन् । मुलतः आफुमाथि मुद्धा परेको झोकमा माओवादी सर्वाेच्चदेखि मानवअधिकार आयोगलाई धम्क्याउने तहमा नाङगीएको भन्दै ओली आक्रोशित बनेका छन् ।

एमाले अध्यक्ष ओलीले सर्वाेच्चमा परेको मुद्धालाईप्रचण्ड फसाउने सुविधाजनक समयका रुपमा सदुपयोग गर्न खोजिरहेका छन् ।तथापी यो सिलसिला एकपक्षीय मात्रै चलेको छैन । सोमबार प्रचण्डले दिएको अभिव्यक्तिमाथि नै टेकेर मंगलबार ओलीले माओवादीमाथि थप हिलो छ्यापेका हुन् । किनकि प्रचण्डले आफुमाथिको मुद्धालाई पीडितको माग नभएर घुमाउरो शैलीमा जुनयुद्धका उपलब्धी उल्टाउने काम भएको बताएका थिए । जुन ओलीमाथि बढ्ता लक्षित थियो ।

गठबन्धन फेरिन्छ प्रधानमन्त्री प्रचण्ड फेरिन्नन् । ओलीको डरमा देउवाको भर परेका प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउलान्, तर द्वन्द्वमा सँगै लडेकाहरुको भरोशा गुमाएका छन् । मुद्धाकै कारण एक ठाउँमा उभिएका माओवादी धारको पनि विश्वास गुमाउँदैछन् । डर र त्रासले एकठाउँमा उभिएका माओवादीहरु प्रचण्डले आफुलाई सुरक्षित महसुस गरेपनि प्रचण्डसँगै उनीहरु असुरक्षित ठानिरहेका छन । सत्ता स्वार्थकै लागि आफु र आफ्नो उद्देश्यलाई छोड्दै गएको आरोप प्रचण्डमाथि जिउका त्यूँ छ । झन द्वन्द्वकालिन मुद्धाको विषय प्रचण्डकै कारण रोकिएको आरोप लगाएर माओवादी धारमै द्वन्द्व देखिएपछि यसले फुट निम्त्याएको छ । फलतः सर्वाेच्चमा मुद्धा परेलगत्तै बालुवाटारमा भेला भएका मध्ये केही सहयात्रा प्रचण्डसँग टाढिएका छन् ।

जनयुद्धका सुप्रिमोले वितेको १६ बर्षदेखि आज उप्रान्तसम्म पीडितलाई न्याय दिनेतर्फ फुर्सद निकालेका छ्रैनन् । बरु हतारहतार पुरानै विवादित विधेयकलाई संसदमा दर्ता गराएर आफुमाथिको संकट टार्ने उपायको खोजिमा छन् ।न त विपक्षीहरु नै यो मुद्धा सहजै टुंगियोस् भन्ने चाहन्छन् । बरु द्वन्द्वकालिन मुद्धामा राजनीतिक द्वन्द्व मच्चाएर नाफा घाटाको हिसाब निकाल्नु उनीहरुको राजनीति बनेको छ । झन प्रचण्डविरुद्ध मुद्धा परेको केहीदिनमै नेपाली सेनाविरुद्ध पनि मुद्धा परेपछि अब यो एकसाथ आक्रोश, प्रतिशोध र बद्लाको विषय बनेको छ । द्वन्द्वकालमा छोरा बेपत्ता पारेको भन्दै नेपाली सेनाका तत्कालिन सुबेदारविरुद्ध पोखरामा माओवादी समर्थकले उजुरी हालेपछि मुद्धाविरुद्ध मुद्धाको अवस्था बनेको छ । यसले नेपाली सेनालाई पनि झस्काउने स्थिति छ ।

यसले अहिले सेना र माओवादीहरुको मुडभेड र प्रतिशोधको अवस्थाको सिर्जना हुने विश्लेषणसमेत भइरहेका छन् । अब प्रचण्डविरुद्ध सर्वाेच्च कुन रुपमा अघि बढ्छ त्यसले थप निर्धारण गर्नेछ । तर यसकारण पनि यो मुद्धामा सर्वाेच्च कठोर बन्न खोजिरहेको छ कि, पीडितहरुमा राजनीतिक ढंगबाटै आफुले न्याय पाउने विश्वास गुम्दै गएको छ ।