Breaking

बालुवाटारमा गठबन्धनको बैठक बालुवाटारमा जारी


काठमाडौँ — राष्ट्रपति निर्वाचनका सन्दर्भमा गठन भएको नयाँ समीकरणमा आबद्ध दलहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा चैत ३ को उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल केन्द्रित भएको जनाइएको छ । गठबन्धनबाटै ३ जनाको उम्मेदवारी परे पनि जनता समाजवादी पार्टीकी प्रमिला यादवले उम्मेदवारी फिर्ताको घोषणा गरिसकेकी छिन् ।

जसपाकै रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी कायम रहेपछि गठबन्धनमा आबद्ध दल मतदानमा विभाजित हुने परिस्थिति देखिएको छ । त्यसले राम्रो सन्देश नजाने भन्दै दलहरुले एउटा उम्मेदवार बनाउन प्रयास गरेका छन् ।