Breaking

प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरूले गरे सामूहिक भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटेका छन्।

काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।

भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।