Breaking

‘विप्लव’ र कर्णजित बुढा नेतृत्वको नेकपा बीच पार्टी एकता


काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ ।

पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।