काठमाडौँ — टीयू क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले जित निकालेको छ । नेपालको जितमा आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी पीएनजी माथि नेपालले सहज जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हरायो । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन बनाएको थियो । पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडेन ओभरसँगै २५ रन खर्चे । नेपालका लागि ललित राजवंसी र कुशल मल्लले दुई–दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।
यो खेलसंगै सन्दीप लामिछानेले ओडिआईमा सर्वाधिक छिटो १ सयौं विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउँदै छन् । सन्दीपले ४० ओडिआई खेलमा ९८ विकेट लिएका छन् । सन्दीपलाई एक सय विकेट पूरा गर्न अव दुई विकेट मात्रै बाँकी छ । ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । सन्दीपले अव तीन खेलमा दुई विकेट लिएमा उक्त कीर्तिमान तोड्नेछन् । सन्दीपको उच्च लय हेर्दा त्यो कीर्तिमान तोडिने उच्च सम्भावना छ । सन्दीप लामिछानेले आफ्नो तर्फबाट हुन सक्ने प्रयास गर्ने र देशको लागि नाम उच्च राख्ने बताए
त्यस्तै नेपालका ओपनर आसिफ शेख ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले चाद सोपरलाई आठौं ओभरमा पहिलो र दोस्रो बलमा चौका तथा तेस्रो र चौथो बलमा छक्का हान्दै २१ बलमा अर्धशतक पूरा गरेका थिए नेपालले मात्रै ३.२ ओभरमा ५० रन पूरा गरेको थियो । जुन नेपालबाट ओडिआईमा एक ब्याटरले बनाएको सर्वाधिक छिटो अर्धशतक बनेको हो । ओडिआईमा विश्व क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक भने दक्षिण अफ्रिकाका पूर्व ब्याटर एवि डिभिलिर्यले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमै अर्धशतक प्रहार गरेका थिए ।
नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका आसिफले आगामी खेलमा पनि निरन्तर यो लयमा जाने बताए । कीर्तिमान नै कीर्तिमानको वीचमा आजको खेलमा जित निकाल्दै नेपालले लिग–२ मा ३५ खेलबाट ३८ अंक जोडेको छ । नेपालले अव विहीबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउने छ ।
प्रतिक्रिया