Breaking

पपुवा न्युगिनीविरूद्ध नेपालले पहिले बलिङ गर्ने


काठमाडौँ – क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनीविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले पहिले बलिङ रोजेको हो ।
आजको खेलको प्लेइङ ११ मा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल‚ आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप लामिछाने‚ करण केसी‚ भीम सार्की, आरिफ शेख र कुशल मल्ल रहेका छन् । आइतबार यूएईसँगको खेलमा प्लेइङ ११ मा परेका गुल्शन झाको स्थानमा करण कसी आएका छन् ।
आइतबार भएको यूएईसँगको खेलमा नेपालले १७७ रनको फराकिलो जित हात पारेको थियो । उक्त जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गरेको छ । गत बिहीबार नेपालले पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गरेको थियो ।
नेपालले सोमबार पपुवा न्यु गिनी र बिहीबार यूएईसँग खेल्दैछ ।