Breaking

सभापति देउवाले स्वीकृत गरे रामचन्द्र पौडेलको राजीनामा


काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेलको राजीनामा स्वीकृत भएको छ ।

कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेलले फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट राजीनामा दिएका थिए ।

उनले आइतवार दिएको राजीनामा सभापति शेरबहादुर देउवाले पार्टी विधान, २०१७ ९संशोधन सहित० बमोजिम आजैदेखि लागु हुने गरी स्वीकृत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

ुकांग्रेसमा लामो समय आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा उहाँले पुर्‍याउनु भएको योगदानको उच्च सम्मान र कदर गर्दै सभापतिले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुनु हुनेछ भन्नु भएको छु, पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘उहाँको कार्यकाल सदैव स्मरणीय रहनेछ भन्ने विश्वाससाथ सभापतिले राष्ट्रपतिलाई शुभकामना दिनु भएको छ ।’