Breaking

माधव-प्रचण्डप्रति खनिए ओली, नेम्वाङकै नियति भोग्दै शाक्य (भिडियोसहित)


काठमाडौँ — तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीले पहिलो पटक २०७७ पुष ५ मा संसद विघटन गरेपछि प्रचण्ड र माधवसहितका नेता सडकमा उत्रिए । त्यतिबेला यो आन्दोलनको मोर्चा संयुक्त रुपमाउनै प्रचण्ड–माधवले सम्हालेका थिए ।

ओलीविरुद्ध अरिंगाल भएर खनिएका प्रचण्ड–माधवले माइती घरको सडकमै पलेटी ठोकेर हामीयहाँ छौ भन्दै एकताको सन्देश दिए । ओली एक्लाएर दोस्ती पक्का गरेका प्रचण्ड–माधवले खुसीयालीमा लड्डु साटासाट गरेको विषय अहिले पनि चर्चामा छ ।

ओलीमाथि प्रचण्ड–माधव खनिइर हँदा पार्टीको हैसियत नेपाल कम्युनिष्ट पार्टी थियो। मूलुकको बागडोर सम्हालिसकेका तीनै शेर एकै ठाउँमा हुँदा विग्रहमा पुगेको पार्टी अन्ततआ–आफ्नो हैसियतमा पुग्यो ।

सर्वोच्च अदालतले नेकपा फुटाएर नेकपा माओवादी केन्द्र कायम गरि दिंदा ओलीले पुरानै आफ्नो एमालेको मियो समाते । प्रचण्ड माओवादी केन्द्र तिर लाग्दा विचल्लीमा परेका माधवले अन्तत ओलीसँग एकै ठाउँमा बस्न नसक्ने निष्कर्षसहित पार्टी फुटाए । एमाले फुटाएर नेपाल कम्युनिष्ट पार्टी समाजवादी बनाएका माधव नेपालले अहिले पार्टी फुटाउनुको औचित्य पुष्टि गर्न सकेका छैनन् । ओलीले हलो च्याप्दा, माधव नेपाल र प्रचण्ड पनि रूखकै छहारीमा रमाइरहेका छन् । यस कारण पनि कम्युनिष्टहरूबीचमा क्षयीकरण देखिएको छ ।

माधवसँग रहेर एमालेमा विद्रोह गरेका धेरैले पार्टी फुट्ने अवस्था आएपछि माधवको साथ छोडे । अहिले पनि माधव छोडेर ओली कित्तामा पुगेका कतिले त्यसको व्याज खाइरहेका छन् । कुनै समय एमालेभित्र माधव कित्तामा रहेर ओलीसँग विद्रोह गरेकी अष्टलक्ष्मी शाक्यले कित्ता परिवर्तन गर्दै ओली क्याम्प रोजेपछि व्याज स्वरुप मुख्यमन्त्री बन्ने अवसर पाइन् । उनै अष्टलक्ष्मीलाई अहिले एमालेले उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएर बलीको बोको बनाएको एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मीलाई घसेटेको छ । उनका लागि बहादुर भवनको ढोका खुल्ने सम्भावना लगभग न्युन छ ।

यो बीचमा राजनीतिक रुपमा केही रंगहरु फेरिएको छ । बालकोटको बार्दलीमा पुगेर ओलीको साथले प्रधानमन्त्री भएका प्रचण्डले बोली फेर्दा राष्ट्रपति कांग्रेसका पोल्टामा पुगेको छ । ओली–प्रचण्डसँगको भद्र सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने थियो । प्रचण्डले बोली फेरेपछि राष्ट्रपति गुम्ने संकेत पाएका ओलीले विगतको तीतो–मिठो भुलेर पार्टी एकतासहित तपाई राष्ट्रपति बन्नुस् भन्दै माधव नेपाललाई प्रस्ताव गरे । तर देउवाको शरण र रूखको छाहारीमा सितलखोजेका माधवले ओलीको प्रस्वावलाई सूर्यको किरणले पोल्ने संकेत गर्दैइन्कार गरे ।

अहिले पनि ओलीले जतिनै ललिपप देखाए पनि पार्टीलाई १० सिटमा कायम राखेर राष्ट्रिय पार्टी बन्न रोकेको तुष माधवले भुलेका छैनन् । त्यही भएर पनि उनले ओलीको बोलीमा झट्ट विश्वास गरेनन् । तर कमजोर धरातल भएको माधवको पार्टीले ओलीको बोली इन्कार गर्दा उपल्लो ओहादाका सबै पद गुमाएको छ । ९ दलीय गठबन्धमा रहेका माधव नेपाल यति बेला प्रचण्ड, देउवाको सारथी देखिए पनि उनलाई आवश्यक ठाउँमा प्रयोग गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख अर्कैको पोल्टामा पर्र्दा समाजवादी फगत यसको साक्षीमात्र भएको छ । तर यसैमा खुसी भएर समाजवादीका नेताहरू मनको लडडु घिउसँग खाइरहेका छन् ।

समाजवादीका अध्यक्ष माधव नेपालले पूर्ववर्ति शर्त अनुसार एक वर्ष प्रधानमन्त्री चलाउन पाउने गरी अहिले सबै पदमा सहयोग गरेको बुझिन्छ । तर आफ्नो दुनो सोझिएपछि देउवा–प्रचण्डले अहिलेकै जस्तो बुई बोक्ने र काखी च्याप्ने छाँट कालान्तरसम्म देखिदैन् ।