Breaking

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको सानदार जित


काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा यूएईलाई १७७ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन मात्र बनायो । यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता समेत जोगाएको छ । नेपालका लागि ललितनारायण राजवंशीले पाँच विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र गुलशन झाले एक–एक विकेट लिए । जितसँगै नेपाल लिग–२ को अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालले ३४ खेलमा ३६ अंक जोडेको छ ।