Breaking

उजुरीको जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगे यादव


काठमाडौँ – उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यसैले यादव आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका हुन् ।

जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।